coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

इयुबाट बेलायत बाहिरिँदा नेपालमा कसले के भने?

काठमाडौं- यूरोपेली युनियनबाट बेलायत बाहिरिने भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ। यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले युनियनबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए। युनियनमै रहनु पर्नेमा ४८ प्रतिशतले मतदान परेको थियो।  
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वका मानिसहरु अझ नजिकिनु पर्ने समयमा ककुनमा फर्कन नहुने बताएका छन्। उनले ट्विट गर्दै भनेका छन्, 'व्रिटेन इयूबाट बाहिरिनु एउटा प्रतिगामी कदम हो। यो विश्व शान्तिको पनि विरुद्ध छ। विश्वका मानिसहरु अझ नजिकिनु पर्छ। अझ जोडिनु पर्छ । यो ककुनमा फर्कने बेला होइन।'
पूर्व अर्थमन्त्री रामशरण महतले 'बेलायत इयूबाट सानो मतको अन्तरले ध्रुविकृत चुनावबाट बाहिरिनुको आर्थिक र राजनीतिक प्रभावहरु महत्वपूर्ण छन्।' भन्दै आफ्नो ट्विटमा लेखेका छन्।  
पूर्व अर्थ सचिव रामेश्वर खनालले छोटो ट्विट गर्दै आफ्नो प्रतिक्रिया जनाएका छन्। उनको ट्विट यस्तो छ, 'यूकेमा के गलत भयो?'
एमाले सचिव योगेश भट्टराईले इयूबाट बेलायत बाहिरिनुलाई उल्टो बाटोतिरको यात्रा भएको संज्ञा दिएका छन्। 'इयुबाट युके बाहिरिने जनमत उल्टो बाटोतिरको यात्रा। घोर दक्षिणपन्थि राष्ट्रबादको पराकास्ट। अतिबादसँग होसियार।' उनले आफ्नो ट्विटरमा पोष्ट गरेका छन्।
एमाले नेता रविन्द्र अधिकारीले इयुबाट अलग हुने नहुने जनमत संग्रहको घोषणा डेभिड क्याम्रुनले २०१३ मा गरेकाथिए र जनमतमा पराजित भएपछि पद त्याग गर्छन नै तर बेलायतको भविष्य ? भन्दै प्रश्न गरेका छन्।
विश्लेषक जुगल भूर्तेलले बेलायतलाई अब आफ्नो साइज थाहा हुने बताएङ्का छन्। उनले ट्विट गर्दै भनेका छन्, 'खुम्चिँदा खुम्चिँदा एउटा सानो टापूमा सीमित भइसकेर पनि 'ग्रेट' नै रहेको भ्रममा बाँचेको ब्रिटेनलाई अब बल्ल आफ्नो साइज थाहा हुनेछ।'
संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले ट्विट गर्दै भनेका छन् 'यस्तो लाग्छ अहिले सम्म नदेखिएको र नचिताइएको असर पर्ने छ। कमसेकम आर्थिक दृष्टिले हेर्दा।'  
यस अघि सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए।

 

प्रकाशित: १० असार २०७३ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App