coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

पोर्नले पार्ला बित्यास !

अनलाइनमा पोर्न भिडियो हेर्ने गर्नुभएको छ ? तपाईंलाई लाग्ला– स्मार्टफोनमा पोर्न हेर्दा गोपनीयता भंग हुँदैन । यस्तो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा हरेक दिन अर्बौं मान्छे इन्टरनेटको पहुँचमा हुन्छन् । सजिलो पहुँचकै कारण मानिसहरू पोर्नको लतमा फस्दै गएका छन् । आफ्नो स्मार्टफोनमा के हेरेँ भन्ने कुरा कसैलाई जानकारी हुँदैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी स्मार्टफोनमा पोर्न भिडियो हेर्न पुग्ने गर्छौं । जुन हाम्रा लागि खतराको संकेत रहेको विज्ञहरूको बुझाइ छ ।

यदि इन्टरनेट माफियाहरूले तपाईंको स्मार्टफोन वा कुनै अर्को डिभाइसबाट जानकारी हासिल गरे भने तपाईंका लागि महँगो साबित हुनसक्छ । पोर्न वेबसाइट क्लिक गर्नेबित्तिकै तपाईंले चलाउने इन्टरनेटको आईपी एड्रेस पनि दर्ता हुने गर्छ । त्यसैले पोर्न भिडियोमा लत बसाल्नु हानिकारक हुनसक्छ ।

क्रेडिट कार्डबाट प्रिमियम पोर्न भिडियो हेर्ने गर्नुभएको छ भने कार्डको विवरण हेरेर अरू जानकारी पनि हासिल गर्न सकिन्छ । इन्टरनेट ह्याकरहरूले यस्तै हर्कत गर्नका लागि यस्ता वेबसाइट ह्याक गर्छन् । त्यहाँबाट नियमित प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण निकालेर सताउने गर्छन् ।
यस्तो जानकारी सन् २०१५ मा लिक भएको थियो । जसमा धेरैजनाको व्यक्तिगत विवरण पनि ह्याक भएको थियो । ह्याकरहरूले ती प्रयोगकर्ताको इन्टरनेट आइपी एड्रेस, प्रयोग गरिएको क्रेडिट कार्डबाट पैसाको बार्गेनिङ गर्ने गरेको तथ्य सञ्चारमाध्यममा आएको थियो ।
पोर्न वेबसाइटहरू गोप्य तरिकाले हेर्ने गरिन्छ । तर, हामीले हेर्ने हरेक वेबसाइटबारे इन्टरनेट सेवाप्रदायक कम्पनी र ब्राउजिङ कम्पनीलाई भने हरेक क्षण जानकारी हुन्छ । केही गरी यसको जानकारी सार्वजनिक भए तपाईंको व्यक्तिगत विवरण पनि त्यसमा समावेश हुन्छ ।

गत वर्ष गरिएको एक तथ्यांकअनुसार भारतमा पुरुषभन्दा महिलाले बढी पोर्न भिडियो हेर्ने गर्छन् । विश्वमै पनि पोर्न हेर्नेमध्ये ३० प्रतिशत महिला हुने गर्छन् । तथ्यांकका अनुसार ब्राजिल र अर्जेन्टिनाका महिलाहरू पोर्न हेर्नेमा अगाडि छन् । तथ्यांकका अनुसार ५० प्रतिशतभन्दा बढीले पोर्न भिडियो स्मार्टफोनमा हेर्ने गर्छन् ।
जुन कम्पनीले तपाईंले गर्ने अनलाइन गतिविधिबारे जानकारी लिने गर्छन्, उनीहरूले तपाईंले पोर्न भिडियो हेरे÷नहेरेको पनि जानकारी लिइरहेका हुन्छन् ।

यस्ता भिडियो हेर्न चाहनेले केही कुराको ख्याल गर्नु जरुरी हुन्छ । तपाईंले ब्राउज गर्ने हरेक वेबसाटबाट ह्याकरहरूले तपाईंको एउटा प्रोफाइल बनाउने गर्छन् । त्यसैले केही सावधानी अपनाउनु आवश्यक छ ।
पोर्न साइटबाट कुनै पनि चिज डाउनलोड गर्नु हुँदैन । किनकि, त्यहाँ भाइरस हुने सम्भावना प्रबल हुन्छ, जुन तपाईंको डिभाइसमा आएर सुरक्षित भएर बस्न सक्छ । तपाईंका गोप्य फाइलहरू ट्रान्सफर गर्न ह्याकरलाई त्यसले मद्दत गर्छ । ह्याकरका लागि यो सजिलो तरिका पनि हो ।
यस्ता जानकारी केही गरी कम्प्युटरमा आए कम्प्युटरका जानकारी सँगै लाने गर्छन् । तपाईंको बैंक लग इनमा नाम र पासवर्ड फेला परे झनै खतरा हुनसक्छ । यस्ता भाइरसहरू तपाईंको स्मार्टफोन, ट्याबलेट वा ल्यापटपमा डाउनलोड हुनसक्छन् । त्यसैले डिभाइसमा एन्टिभाइरस हुन एकदमै जरुरी छ ।

शुक्रबारबाट

प्रकाशित: ९ आश्विन २०७३ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App