८ वैशाख २०८१ शनिबार
कला

किन सन्किइन् कट्रिना ?

मुम्बइ-बलिउड अभिनेत्री कट्रिना कैफ हिजोआज सनक्क सन्किन थालेकी छिन् । अभिनेता रणवीर कपुरसँगको 'ब्रेकअप'पछि उनले खास गरी सञ्चारकर्मीसमक्ष रिस पोख्ने गरेकी छिन् ।

ब्रेकअपलगत्तै यसबारे प्रश्न सोध्दा उनले उल्टै प्रश्न गरेकी थिइन्, 'कोसँग मेरो अफेयर चलेको थियो भन्ने तपाईंलाई के थाहा ? के मैले कहिल्यै रणवीरसँग अफेयर चलेको थियो भनेँ ? अफेयर चल्दै नचलेको व्यक्तिसँग ब्रेकअप किन गर्नुभयो भनी सोध्ने यो कस्तो चाला हो ?'

यसैबीच कट्रिनासवार कारले गत साता एकजना फोटोपत्रकारको खुट्टा किचिदिएको थियो । कट्रिनाको फोटो खिच्न ठिक्क परेका एक फोटोपत्रकारलाई उनीसवार कारले किचिदिएको हो । कट्रिनाकै इसारामा उनका ड्राइभरले फोटोपत्रकारको खुट्टा किचिदिएको हुनसक्ने बताइएको छ । केही समयअघि उनले आफ्नो पिछा गर्ने फोटोपत्रकारलाई प्रहरीको जिम्मा लगाइदिने चेतावनी दिएकी थिइन् ।

प्रकाशित: ७ वैशाख २०७३ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App