७ वैशाख २०८१ शुक्रबार
अन्य

स्थानीयवासीद्वारा तीन घन्टा अवरुद्ध

कलंकी क्षेत्रका स्थानीयले बिहीबार तीन घन्टा कलंकी–सोल्टीमोड सडक अवरुद्ध पारेका छन् । सडकको खाल्डाखुल्डी र धुलो व्यवस्थापन गर्न माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन्।

आफ्ना मागप्रति बेवास्ता गरे सडकखण्ड अनिश्चितकालीन बन्द गर्ने उनीहरूको चेतावनी छ । सडक विस्तार गर्दा स्थानीयको स्वास्थ्यलाई बेवास्ता गरेकाले सडकको धुलो र खाल्डाखुल्डी व्यवस्थापनका लागि सरकारलाई दबाब दिन सडक अवरुद्ध गरेको स्थानीय सुजन केसीले बताए । ‘हामीले बारम्बार स्थानीय निकाय, वडा कार्यालयसँग छलफल ग-यौं । तर, हाम्रो कुरालाई बेवास्ता गरियो,’ उनले भने, ‘धुवाधुलोले स्वास्थ्यमा असर मात्रै नपु-याई हाम्रो व्यापार व्यवसायमा पनि घाटा परेकाले तीन घन्टा सडक अवरुद्ध पारेका हौं ।’ उनका अनुसार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सडक अवरुद्ध गरिएको थियो।

सडक अवरुद्ध हुँदा यात्रुले सडकमै अलपत्र परेका थिए । स्थानीय निकाय, प्रहरी र ठेकेदारबीच सडकका डिभाइडर व्यावस्थित गर्ने, सडकमा चार पटक पानी हाल्ने र समयमै बाटो पिच गर्ने सहमति भएपछि सडक सुचारु भएको थियो।

ठेकेदार र सम्बन्धित निकायले विभिन्न बहाना बनाई निर्माण अलपत्र पार्दा सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।

काठमाडौं महानगरपालिकाका–१४ की वडा अध्यक्ष शोभा सापकोटाले कलंकी–सोल्टीमोड सडकखण्ड व्यवस्थापन गर्न सक्दो पहल गर्दै आएको बताइन्।

उनले भनिन्, ‘काठमाडौ जस्तो सहरमा धुवाँधुलो त भइहाल्छ । मेरो मातहतमा नपरे पनि यहाँको सडक व्यवस्थापनमा सक्दो पहल गरिरहेकी छु।’

उनका अनुसार मंसिर ८ गतेसम्म मेलम्चीको पाइप विस्तार सकिनेछ । त्यसपछि तत्काल सडक पिच गरिने उनले बताइन्।

सडक विस्तार गर्न त्रिपुरेश्वर–नागढुंगा सडक खनिएको हो।

प्रकाशित: ३० कार्तिक २०७५ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App