रामेछाप, गोकुल गंगा गाउँपालिकाका ४७ वर्षीय टंकराज खड्काले राजधानीमा रिक्सा ठेला चलाउन थालेको पाँच वर्षभन्दा बढी भइसक्यो । दिनभर रिक्सामा सामान हालेर गन्तव्यमा पु-याउँदै आएका उनी यसैको आम्दानीले घर परिवारको खर्च चलेको सुनाउँछन्।
दिनभर ज्यालादारीमा काम गर्दै आएका उनी बिहान नातिनातिनासँग बिताउँछन् । शिवचोकमा बस्दै आएका उनी हरेक बिहान नातिनातिनालाई रिक्सामा राखेर विद्यालय पु¥याउँछन् । ‘यसको ज्याला पाउँदिनँ,’ उनले हास्दै भने, ‘तर, यसले खुसी दिएको छ।’
प्रकाशित: ३० कार्तिक २०७५ ०६:३३ शुक्रबार