७ वैशाख २०८१ शुक्रबार
प्रविधि

सामाजिक संजाल ट्विटर बिक्रीमा

क्यालिफोर्निया– विश्वको चर्तित सामाजिक संजाल ट्विटर बिक्री हुने भएको छ। केही वर्षयता प्रयोगकर्ताको घट्दो रुची तथा लोकप्रियता र विश्लेषकहरुको आलोचनापछि अन्ततः ट्विटर बिक्री हुने भएको हो। यसकालागि आफू विभिन्न कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ।

 ट्विटरले भनेको छ, ‘विगत केही वर्षयता ट्विटरको लोकप्रियता घटेको छ। हामीले नयाँ प्रयोगकर्ता र भएका प्रयोगकर्तालाई आकर्षित गर्न सकेनौं।  साथै हामीले व्यवस्थापनमा पनि धेरै कठिनाइ झेल्नु पर्यो। त्यसैले हामी ट्विटर बिक्रीको तयारीमा छौं।’

कम्पनीले केही हप्ता अघि बसेको आफ्नो बोर्ड बैठकले ट्विटर बिक्री गर्ने निर्णय गरेको र यसका लागि आफू गुगल, लिङकलेड, सेल्सडटकम लगायतका कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: १० आश्विन २०७३ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App