७ वैशाख २०८१ शुक्रबार
समाज

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

सुर्खेत-पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला छलफलका माध्यमबाट खोल्न अन्तरिम आदेश जारी गरेको छ। मूख्य न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश गुणराज ढुंगानाको संयुक्त इजलासले शुक्रबार हाल लगाइएको ताला सहमतिका आधारमा खोलेर फेरि ताला नलगाउन र लगाउन नदिन अन्तरिम आदेश दिएको हो।
अधिवक्ता रत्नबहादुर भण्डारीले विश्वविद्यालय तालावन्दी, बन्द हड्ताल, आन्दोलन बन्द गर्न माग गर्दै जेठ ३० गते निवेदन दर्ता गराएका थिए । मूख्य न्यायाधीश केसी र न्यायाधीश ढुंगानाको संयुक्त इजलासले हाल अखिल क्रान्तिकारी एकाई समितिले लगाएको ताला विश्वविद्यालय र क्रान्तिकारीबीच छलफलका माध्यमबाट टुङ्गोमा पुग्न र फेरि नलगाउनु र लाउन नलगाउनु भन्ने अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता भण्डारीले मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालय, विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संगठन, शिक्षक कर्मचारी संगठनका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रशासनसहित २५ वटा विपक्षीका नाममा रिट दायर गरेका थिए। ‘अदालतले विश्वविद्यालयमा नियमति शैक्षिक, प्राज्ञिक गतिविधी अवरुद्ध नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ’ पुनरावेदन अदालत सुर्खेतका उपरजिष्ट्रार डिल्लीराम अर्यालले भने ।
रिट निवेदकका तर्फवाट अधिवक्ता प्रेमध्वज शाही, विपक्षी विश्वविद्यालयका तर्फबाट अधिवक्ता विवशकुमार वस्नेत र जिल्ला प्रशासन र प्रहरी कार्यालयको तर्फबाट पुनरावेदन सरकारी वकिल कार्यालयका उपन्याधिवक्ता लक्ष्मीनारायण दाहालले बहस गरेका थिए ।

 

प्रकाशित: १० असार २०७३ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App