coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

भूराजनीतिलाई ध्यान दिने हो भने पनि राजसंस्था चाहिन्छः कमल थापा

टोकियो— राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिलाई ध्यानमा राख्ने हो भने राजसंस्था अपरिहार्य भएको उल्लेख गरेका छन्।

'भूराजनीति र समाजिक विविधता भएको देशमा कुनैपनि समय उत्पन्न हुनसक्ने संकटलाई मध्यनजर गर्ने हो भने चुनावी राजनीति भन्दामाथि उठेको संस्थाको आवश्यकता पर्दछ। त्यो संस्था भनेको राजसंस्था नै हो', पार्टीको कामले जापान आएका उनले टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

बाह्य शक्तिको दवाबमा संविधानमा धर्म निरपेक्षता लादिएको उनको आरोप थियो। योजनाबद्ध र संगठित रूपमा  सदिय मिलेर बसेको नेपालको सामाजिक सद्भाव खल्बलाउन खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

'भूराजनीति र समाजिक विविधता भएको देशमा कुनैपनि समय उत्पन्न हुनसक्ने संकटलाई मध्यनजर गर्ने हो भने चुनावी राजनीति भन्दामाथि उठेको संस्थाको आवश्यकता पर्दछ। त्यो संस्था भनेको राजसंस्था नै हो'

राप्रपा नेपालको प्रवासी संगठन प्रवासी नेपाली संगठन(ओनो)जापानको छैठौं अधिवेशन तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष थापाले राजतन्त्र र हिन्दु राज्यको पक्षमा खुलेर वकालत समेत गरेका थिए।

राजसंस्था र हिन्दू राज्यलाई हटाउनु अघि त्यसबारे जनस्तरमा बहस हुन नदिइएको भन्दै थापाले यस विषयमा जनताको राय बुझ्नुपर्ने उल्लेख गरे।

जापानमा बस्ने नेपाली समुदायका बाक्लो उपस्थिति रहेको कार्यक्रममा थापाले जापानमा नेपालीको उन्नति देख्दा आफुलाई गौरव लागेको बताए।  समारोहमा ओनो जापानका संस्थापक कलेन्द्र शाही,बिदेश बिभाग प्रमुख बिजय खड्का,ओनो अमेरिकाका प्रेमकुमार श्रेष्ठ,केन्द्रीय सदस्य राजाराम बर्तौला लगायतका राप्रपा नेपालका नेताहरूले मन्तब्य राखेका थिए।

छैठौं अधिवेशनले चन्द्र उपाध्यायको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ।संस्थाको उपाध्यक्षत्रयमा सन्तोष सिलवाल,बिकास पौडेल र चेत बहादुर शाही चयन भएका छन्।यसैगरि महासचिबमा खगेंद्र चापागाईं,सचिबमा नबीन चन्द र कोषाध्यक्षमा अर्पणराज पोखरेल चुनिएका छन्।

सदस्यहरूमा शंकरदेव भट्ट,तेज बहादुर रावत,नारायण न्यौपाने,लक्ष्मण ढकाल,दीपक केसी,मधु पौडेल,गणेश ठकुरी लगायत रहेका छन् भने संरक्षकमा कलेन्द्र बिक्रम शाही,उप संरक्षकमा रघुदीप खड्का का साथै टंक भण्डारी र दिनेश गुरूंग सल्लाहकारमा मनोनीत भएका छन्।

प्रकाशित: १० आश्विन २०७३ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App