६ वैशाख २०८१ बिहीबार
कला

सहरमा 'हे गोरी'

पोखरा- नवोदित गायक एल्बिन थापाको पहिलो गीत “हे गोरी” को म्यूजिक भिडियो बिमोचन गरीएको छ। अडियोमा लोकप्रिय बनिसकेको यस गीतको भिडियोलाई गायक बिबेक श्रेष्ठ, कर्णदास, मनोज गुरुङ तथा गायीका पालले सोमबार सार्वजनिक गरे।

विमोचनपछि गायक कर्णदासले संगीत क्षेत्रमा प्रवेश गर्न सजिलो भएपनि निरन्तरता दिन भने निकै चुनौतीपूर्ण रहेको बताए । गायक विवेक श्रेष्ठले म्युजिक भिडियो निर्माणको लागि राजधानी नै ताक्नुपर्छ भन्ने मान्यतालाई ‘हे गोरी’ को भिडियोले तोडेको विचार राखे।

गायक मनोज गुरुङ, विनित जोजिजु, गायिका इतु पाल र माया पुनले भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । भिडियो निर्देशक अपिल त्रिपाठीले भिडियोमा सिमित स्रोत साधन र जनशक्तिको प्रयोगबाट अधिकतम गुणस्तर दिने प्रयास गरीएको बताए । सहज अवधारणामा सरल भिडियो बनेको त्रिपाठीको भनाई थियो।

गायक एल्बिन थापाले अथक मेहनत पछी मात्र भिडियो सार्वजनिक गर्न सफल भएको स्मरण गर्दै संगीत बाहेक आफूले केही नसोचेको बताए । सार्वजनिक भिडियोमा चल्तीका कलाकारहरु अनु शाह, निराजन श्रेष्ठ र सुमन श्रेष्ठको अभिनय रहेको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियोको सम्पादन सुवा अम्गाई र छायङ्कन सरोज अधिकारीले गरेका हुन् । फलानो क्रियशनले भिडियो तयार पारेको हो।

 

प्रकाशित: ११ आश्विन २०७३ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App