८ वैशाख २०८१ शनिबार
कला

ऐश्वर्याको अन्तरंग दृश्य

मुम्बइ-लामो समयपछि बलिउड अभिनेत्री ऐश्वर्या राय सेक्सी अवतारमा देखापरेकी छिन् । अभिनेता रणवीर कपुरसँग काम गरेको फिल्म ‘ए दिल है मुश्किल’मा उनले अन्तरंग दृश्य दिएकी छिन् ।

फिल्म ‘धुम–२’ रिलिज भएपछि ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरेकी थिइन् । बिहेपश्चात् उनले फिल्ममा उत्तेजक दृश्य र भड्किला पहिरन लगाउन बन्द गरेकी थिइन् । यतिसम्म कि बिहेपछि हलहरूमा चलिरहेको ‘धुम–२’बाट ऋत्विक रोशनसँग चुम्बन गर्दै गरेको भिडियो हटाउनसमेत उनले पहल गरेकी थिइन् ।

यसरी लामो अन्तरालपछि उनले ‘ए दिल है मुश्किल’मा इन्टिमेट सिन दिएकी हुन् । फिल्मको गीत गत साता रिलिज भएको छ ।  

प्रकाशित: १२ आश्विन २०७३ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App