१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नेदरल्याण्ड कांग्रेसमा एउटै अधिवेशनबाट दुई अध्यक्ष चयन

लन्डन- नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डको  चौथो अधिवेशनले दुई जना अध्यक्ष चयन गरेको छ ।  मंगलवार आम्स्टर्डममा सम्पन्न अधिवेशनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दुई जनालाई नै अध्यक्ष घोषित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

तीब्र विवादका बीच भएको सहमति अनुसार  उत्तम कँडेल पहिलो वर्ष अध्यक्ष हुनेछन् भने अर्को वर्ष पदम क्षेत्री अध्यक्ष हुनेछन् । २१ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदम बहादुर क्षेत्री, उपाध्यक्षहरुमा विष्णु पोखरेल, चन्द्र पौडेल, महामन्त्रीमा शालिक गौतम, प्रेम जंग गुरुङ, कोषाध्यक्ष विनोद गौतम, सहमहामन्त्री किरण अर्याल, सहकोषाध्यक्ष सिता थापा र सदस्यहरु नर बहादुर कार्की (गणेश), तेजेन्द्र प्रताप केसी, चिजमान गुरुङ, दिपक ढकाल, डिल्ली कँडेल, वेदराम कँडेल, जितेन्द्र श्रेष्ठ, धर्मराज कार्की, राजेन्द्र प्रसाद शर्मा, विष्णु प्रसाद बास्तोला, मिम पुर्जा र रुपक रेग्मी निर्विरोध निर्वाचत भएका छन् ।

अधिवेसनमा जर्मनी, बेल्जियम लगायत यूरोपस्थित नेपाली जनसंपर्क समिति, महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्यहरुको उपस्थिती रहेको सो अधिवेशनको उद्धघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गरेका थिए ।  

 

प्रकाशित: १२ आश्विन २०७३ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App