coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

काठमाडौं—घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्।

‘कुवेतस्थित नेपाली दूतावासले अवैध रुपमा आएका नेपाली महिलाकाे संख्या र जोखिम बढेको भनेर जानकारी गराएको छ’, मुख्यसचिव सुवेदीले नागरिकन्युजसँग भने, ‘सोही विषयमा समाधान खोज्ने प्रयासस्वरुप उहाँहरुलाई बोलाइएको हो।'

मुख्य सचिवले गृहसचिव लोकदर्शन रेग्मी, श्रम तथा रोजगार सचिव लक्ष्मण मैनाली,  महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई कुवेतमा नेपाली महिला अलपत्र पर्नुको कारण र समाधान खुलाएर शुक्रबार आउन निर्देशन दिएका हुन्।

‘कुवेतस्थित नेपाली दूतावासले अवैध रुपमा आएका नेपाली महिलाहरुमाथि शोषणका घटना बढेको भनेर जानकारी गराएको छ’, मुख्यसचिव सुवेदीले नागरिकन्युजसँग भने, ‘सोही विषयमा समाधान खोज्ने प्रयासस्वरुप उहाँहरुलाई बोलाइएको हो।'

मानव तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीसँगको सेटिङ मिलाएर घरेलु कामदारको रुपमा महिला कुवेत पठाउने तथा दिल्लीबाट श्रीलंका हुँदै कुवेत पुर्‍याएका घटना सार्वजनिक भएपछि मुख्य सचिव सुवेदीले सरोकारवाला मन्त्रालयका सचिवलाई समाधानको उपाय पहिल्याउन निर्देशन दिएका हुन्।

सरकारले घरेलु महिला कामदारलाई वैदेशिक रोजगारीमा खाडी मुलुक जान रोक लगाएको छ।

प्रहरीले मानव तस्करीमा संलग्न केही दलालहरुलाई पक्राउ गरी कारवाही गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र प्रहरी मानव तस्करका मतियार बन्दा सरकारी नीति कार्यान्वयन हुन नसकेको हो। अध्यगमन र प्रहरीले एक जनालाई विमानस्थलबाट कटाए बापत ६० हजार रुपैयाँ लिने गरेको यसअघि पीडितले बताएका थिए। (विस्तृतमा हेर्नुस् : अध्यागमन र प्रहरीलाई प्रतिव्यक्ति ६० हजार रुपैयाँ)

कुवेतस्थित नेपाली दूतावासका अनुसार मानव तस्करले ल्याएका नेपाली महिलाको संख्या पछिल्लो समयम बढ्दो छ।

‘दिल्ली र श्रीलंका मात्र होइन सिधै काठमाडौं विमानस्थल रुट प्रयोग गरी आउने महिलाहरुको संख्या पनि उल्लेख्य देखिएको छ’, कुवेतस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘घरेलु कामदार महिलामाथि मालिकले गर्ने यौन शोषण र अमानवीय दुर्व्यवहारका घटना बढ्न थालेपछि सरकारलाई जानकारी गराएका हौं।’

मालिकबाट हुने अमानवीय घटनाका कारण महिला कामदार भाग्ने, भिषा सकिएपछि अवैधानिक रुपले बस्ने तथा काम पाएकाहरुको हकमा पनि जोखिम देखिएको भन्दै दूतावासले यो विषयमा परराष्ट्रलाई जानकारी गराएको थियो।

प्रकाशित: १२ आश्विन २०७३ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App