१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यसपाली दसैंमा कांग्रेसले चियापान नगर्ने !

काठमाडौं– नेपाली कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापना कार्यक्रम यस वर्ष नगर्ने भएको छ । तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले कार्यक्रम स्थगित गरेको हो ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले तत्कालीन सभापति सुशील कोइरालाको निधनको एक वर्ष पूरा नभएकाले कार्यक्रम स्थगित गरेको जानकारी दिए । ‘गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसहितका अग्रजको निधन भएको वर्ष पनि पार्टीले चियापना गरेन,’ उनले भने, ‘यो पार्टीको परम्परा नै हो ।’ कोइरालाको गत माघ २६ गते निधन भएको हो ।

तत्कालीन सभापति बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलपाको नीति लिएर भारतबाट स्वदेश फर्केसँगै कांग्रेसले हरेक वर्ष दसंैको कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ ।

प्रकाशित: १३ आश्विन २०७३ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App