८ वैशाख २०८१ शनिबार
प्रवास

युएईका लागि नेवानिले थप्यो अर्को उडान, ३० केजी लगेज निःशुल्क

युएई - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले उडान सञ्चालन गरेको दुई महिना नबित्दै युएईका लागि उडान थप गरेको छ। निगमले अबदेखि काठमाडौं-युएई हप्ताको चार उडान गर्नेछ।

दशैँ तिहारको अवसरमा निगमले आफ्ना यात्रुलाई ३० केजी लगेज ब्याग, ७ केजि हेण्डक्यारी निःशुल्क लैजान पाउने ब्यबस्था गरेको छ। उडानमा निःशुल्क खाना सहित सफ्ट ड्रिङ्क पनि उपलब्ध हुने निगमले जनाएको छ।

चार वर्षको अन्तरालपछि अगष्ट १८ अर्थात (भदौ २) बाट हप्तामा तीन उडान गर्नेगरी नेवानि युएई आएको थियो। गत आइतबारदेखि उडान थपेर हप्ताको चार बनाइएको हो।

यस अघि युएईबाट हप्तामा तिन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको नेवानिले आइतबारदेखि हप्तामा चार दिन आईतबार सोमबार, बुधबार र शुक्रबार बिहान ४:१० मा  निगमले उडान भर्ने नेपाल वायु सेवा निगमका कन्ट्री म्यानेजर रमेश पौडेलले नागरिकन्युजलाई बताए।

निगमले दशैँ तिहारको अवसरमा निगमले आफ्ना यात्रुलाई ३० केजी लगेज, ७ केजी हेण्डक्यारी निःशुल्क लैजान पाउने ब्यबस्था गरेको छ। नेपाल जाने अधिकांश कामदारले टिभी लैजाने हुँदा ३० निःशुल्क लगेजको सुविधाले उनीहरुलाई सहयोग पुग्ने अपेक्षा नेवानिले गरेको छ। यात्रुको सुविधाका लागि उडानका क्रममा निःशुल्क खाना तथा सफ्ट ड्रिङ्क पनि उपलब्ध हुने निगमले जनाएको छ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App