coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल र बार्सिलोना विजयी

लण्डन –युरोपियन च्याम्पियन्स् लिग युइएफ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेसटर सिटी बराबरीमा रोकिँदा आर्सनल र बार्सिलोना भने विजयी भएका छन्।

सेल्टीकको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी घरेलु टोलीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो। खेलको तेस्रो मिनेटमा डेल्बेलको गोलबाट घरेलु टोलिले अग्रता लिएको थियो।

तर खेलको ११ औं मिनेटमा म्यानचेस्टर सिटीका फर्नान्डिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। सिटीका रहिम टर्लिङले खेलको २० औं मिनेटमा आन्तघाती गोल गर्दा सेल्टीकले खेलमा पुन अग्रता लिएको थियो। खेलको २८ औं मिनेटमा सिटीका स्र्टिलिङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा नै सेल्टीकका  डेल्बेलले गोल गर्दै घरेलु टोलीलाई खेलमा तेस्रो पटक अग्रता दिलाएका थिए  तर ५५ औं मिनेटमा रिटीका नोलिटोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ३–३ गोलको बराबरीमाा सकिएको हो।

बुधबार नै सम्पन्न अर्को खेलमा बार्सिलोनाले बेरुसिया एम्ब्याचलाई २–१ गोल अन्तरले पराजित गर्दा आर्सनलले एफसी बाजललाई समान २–१ गोल अन्तरले पराजित गर्यो । त्यस्तै इटालीयन क्लब नेपोलीले बेनिफिकालाई ४–२ गोल अन्तरले पराजित गर्यो । यता जर्मन टोली बार्यन म्युनिख एथ्लेटिको मड्रिडसँग पराजित भएको छ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App