६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भिटो खारेज गरेर सांसदले ठूलो गल्ती गरे: ओबामा

वासिंङटन –अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसले भिटो खारेज गरेर ठूलो गल्ती गरेको बताएका छन्। सेप्टेम्बर–११ को ट्विन टावरसँग सम्बन्धि विधेयकमा सासंदले बुधबार ओबामाको भिटो विरुद्ध मतदान गरेका थिए। आफ्नो भिटो खारेज भएपछि ओबामले भने, ‘सासंदले ९/११ विधेयक अस्विकृत गरेर खतरनाक गल्ती गरेका छन्।’ उक्त विधेयकमा ट्विन टावर हमलामा मारिएका मासिनका परिवारले साउदी सरकारविरुद्ध मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको थियो।

आफ्नो आठ वर्षे शासन कालमा अमेरिकी सिनेटले ओबामाको भिटो खारेज गरेको यो पहिलो पल्ट हो। उनको विपक्षमा माथिल्लो सिनेटका  ९७ सदस्यले मतदान गरेका थिए भने पक्षमा एक जना सांसदले मतदान गरेका थिए। अमेरिकाको तल्लो सिनेटले पनि  ओबामाको भिटोको विपक्षमा मतदान गरेको थियो । त्यहाँ ओबामाको विपक्षमा ३४८ मत पर्दा उनको पक्षमा भने ७७ मत परेको थियो।

उक्त हमलामा संलग्न १९ अपहरणकारी मध्य १५ जना साउदी नागरिक थिए । उक्त विधेयकमा हमलामा मारिएका मानिसका आफन्तले उक्त घटनामा कुनै साउदी नागरिक संलग्न भएको आशंका लागेमा साउदी सरकारविरुद्ध मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको थियो ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App