७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना, पाकिस्तान क्रुद्ध

मुम्बई– भारतीय सेनाले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी सर्जिकल स्ट्राइक गरेको र आफ्ना सैनिकको हत्याको बदला लिएको दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालय र विदेश मन्त्रालयको संयुक्त पत्रकार सम्मेलनमा सैनिक अधिकारीले उरी हमलामा मारिएका आफ्ना सैनिकको मृत्युको बदला लिएको बताएका हुन्।

सम्मेलमा बोल्दै भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रण्विर सिंहले आफूहरु बुधबार राति पाकिस्तानको सीमा क्षेत्रभित्र प्रवेश गरी सर्जिकल आक्रमण गरेको र उक्त आक्रमणमा त्यँहा रहेका धेरै आतंककारी मारेको दाबी गरेका छन्। सिहंले भनेका छन्, ‘बुधबार राति हामीले पाकिस्ताको सीमा क्षेत्रभित्र प्रवेश गर्दा त्यहाँ भारतीय क्षेत्रमा प्रवेश गर्न ठिक्क परेका चरमपन्थी रहेको पायौं र उनीहरुमाथि आक्रमण गर्यौं, हमलामा धेरै चरमपन्थीको मारिएका छन्। उनले भारतीय पक्षको कोही पनि नमारिएको बताएका छन्।

यता पाकिस्तानले भने भारतीय पक्षको हमलाको निन्दा गर्दै आफूहरु पनि लड्न तयार रहेको बताएको छ। पाकिस्तानले हमलामा आफ्ना दुई सैनिकको मुत्यु भएको बताएको छ। पाकिस्तानले भनेको  छ, ‘भारतीय हमलामा मारिने चरमपन्थी होइनन् हाम्रो सीमामा खटिएका बहादुर सैनिक हुन्।’
पाकिस्तानी सरकारी संस्था एपीपीले पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफलाई उदृत गर्दै भनेको छ ‘भारतको यो हमला उसको पाकिस्तान माथिको अत्याचार हो, हामी चुप छौं भन्नुको अर्थ हामी कमजोर छौं भन्नु होइन , हामी पनि युद्धका लागि तयार छौँ।’

 

प्रकाशित: १३ आश्विन २०७३ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App