८ वैशाख २०८१ शनिबार
प्रविधि

एनसेलको 'दोब्बर पैसा ब्याक' अफर

काठमाडौं- एनसेलले चाडपर्वको अवसरमा 'दोब्बर पैसा ब्याक' योजना ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन चलाएको निश्चित रकम प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर बोनस ब्यालेन्सस्वरुप फिर्ता पाउने एनसेलले जनाएको छ।

चाडपर्वका बेला ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए। यो योजना आजैदेखि लागू हुने उनले जानकारी दिए। त्यसका लागि प्रिपेड ग्राहकले १७१२४ मा डायल गरी यो योजना निःशुल्क प्राप्त गर्न सक्ने शर्माले जानकारी दिए।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न सक्नेछन्। त्यसका अलजा एसएमएस, एमएमएस र इन्टरनेट पनि चलाउन प्रयोग गर्न सक्नेछन्। बोनस एक दिनमा एकपटक मात्र प्राप्त हुने र प्राप्त बोनस त्यही दिन मध्यरात सामानय हुनेछ। 

'चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्त तथा साथीभाइसँग अझ बढी सम्पर्कमा रहन चाहन्छौं,' शर्माल भने, 'ग्राहकको यही चाहनालाई कदर गर्दै यो योजना ल्याएका छौं। यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउनेछ।' यो योजना ९० दिनको लागि मान्य हुनेछ।

प्रकाशित: १३ आश्विन २०७३ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App