७ वैशाख २०८१ शुक्रबार
समाज

कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

त्यसैगरी त्रिविले गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशन गरेको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: १३ आश्विन २०७३ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App