८ वैशाख २०८१ शनिबार
राजनीति

बजेट आश्रित तीन विधेयक सदनमा पेस

काठमाडौं- व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँ) विधेयक, २०७३’ प्रस्तुत गरेका छन्।

प्रस्तुत विधेयकहरूलाई विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकका सैद्धान्तिक पक्षमा मात्र भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले आर्थिक अनुशासन एवम् वित्तीय पारदर्शीता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले आन्तरिक राजस्व वृद्धि गर्नेमा नै सरकारको जोड हुने पनि बताए। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले प्रस्तुत विधेयक चालु अधिवेशनमा नै पारित गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिदैं सांसदहरूले उठाउनुभएका सकारात्मक विषयलाई आत्मसात गर्ने दृढता व्यक्त गरे।

त्यसअघि ती विधेयकका सैद्धान्तिक पक्षमा सांसदहरू रामशरण महत, विष्णु पौडेल, रवीन्द्र अधिकारी, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, भानुभक्त ढकाल, चित्रबहादुर केसी, गीता छेत्री, कर्णबहादुर थापा, रेवतीरमण भण्डारी, चित्रबहादुर केसी, रामेश्वर फुयाँल र प्रेम सुवालले भाग लिएका थिए। रासस

प्रकाशित: १३ आश्विन २०७३ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App