८ वैशाख २०८१ शनिबार
खेल

जोशमा बेलायती दुई टोली

पेरिस- बेलायतका दुई साना देश युरो २०१६ को क्वार्टरफाइनल पुग्नका लागि शनिबार आमने सामने हुँदैछन्। रियाल मड्रिडका स्टार गारेथ बेलको वेल्सले पेरिसमा उत्तरी आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। ३१ लाख जनसंख्या भएको वेल्स र १८ लाख जनसंख्या भएको आयरल्यान्ड यसअघि कहिल्यै युरो फुटबलको फाइनल चरणमा देखा परेका थिएनन्। तर, यसपटक उनीहरूले आफूलाई अन्तिम १६ सम्म पुर्‍याइसकेका छन्।

इङ्ल्यान्ड भएको समूहमा वेल्स उत्कृष्ट नतिजा निकाल्दै समूह विजेता बनेको थियो। समूह 'बी' वेल्सले रुसलाई समेत ३–० ले स्तब्ध पार्दै ६ अंकसहित समूह विजेताका रूपमा प्रिक्वार्टरफाइनलमा स्थान बनाएको थियो। इङल्यान्डसँग २–१ ले पराजित वेल्सले स्लोभाकियालाई २–१ ले हराएको थियो। स्टार खेलाडी बेल टोलीले अझै नयाँ परिचय बनाउने कुरा स्विकार्छन्। 'हामी एक विशाल यात्रामार्फत आएका छौं,' प्रतियोगितामा सर्वाधिक गोलकर्तामा पर्ने बेलले भने, 'हामी केही खराब स्थानमा थियौं। विश्वमा हामी १ सय १२ औं स्थानमा थियौं तर अहिले युरोको अन्तिम १६ मा छौं। यसमा हामी खुसी छौं। यतिखेर हामीले आनन्द मान्नुपर्छ।'

जारी प्रतियोगितामा तीन गोल गरेका बेलसर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा छन्। वेल्स र आयरल्यान्ड फरक बाटोबाट अन्तिम १६ का लागि छनोट सफल भएका हुन्। वेल्ससबैको अनुमानगलत साबित गर्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। आयरल्यान्ड समूह चरणका उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ पुगेको हो।

युरोपियन च्याम्पियनसिपमा आयोजकले चार समूहमा तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीलाई त्यो अवसर दिएको थियो। प्रतियोगिताको अन्तिम आठमा पुग्दा मुख्य प्रतियोगिता जितिसकेका टोलीलाई धेरै दबाब हुनेछैन।

शनिबारको विजेताले लिलेमा बेल्जियम वा हंगेरीमध्ये एकसँग जुलाई १ मा सामना गर्नेछ। वेल्स र आयरल्यान्डमा जसले जितेपनि दुवै टोलीले नयाँ इतिहास बनाउने छ। अर्को चरणमा दुवै टोलीका लागि कठिन यात्रा सुरु हुनेछ। सुरुआती छनोट चरणमा वेल्स टोली बेल्जियमसम्मिलित समूहमा थियो। बेल्जियम समूहविजेता बनेपनि वेल्ससँग पराजित भएको थियो। प्रतियोगिताका लागि भएको छनोट चरण खेलमा आयरल्यान्ड र हंगेरी एउटै समूह 'एफ' मा थिए। आयरल्यान्डले हंगेरीसँग बराबरी खेलेको थियो।

क्वार्टरफाइनलमा स्थान बनाउने अभियानमा रहेका दुवै टोलीको महत्वपूर्ण खेलाडी वेल्सका गारेथ र आयरल्यान्डका स्ट्राइकर केल लार्फर्टी आफ्नो टोली सही बाटोमा गइरहेको बताउँछन्। दुवै स्ट्राइकरले आफ्नो टोली अगाडि बढ्ने सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताका क्रममा दुवै टोलीले फ्रान्सेली हृदयलाई कब्जा गरेका छन्। वेल्सका समर्थकहरू बोर्डे, लेन्स र टोउलाउजमा बसेर टोलीको हौसला बढाइरहेका छन्। आइरिस समर्थकले प्रतियोगिताको क्रममा ध्वनि सिर्जना गर्दै टोलीको हौसला बढाइरहेको हुन्छन्। जब शनिबार पेरिसमा बियरसँगै ब्रिटिस गीत बज्न सुरु गरेपछि दुवै टोली दुई समूहमा बाँडिनेछन्।

। आयरल्यान्डका ३६ वर्षे रक्षक आरोन हुग्सले बेल प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएको बताए। उनले भने, 'खेलाडीका रूपमा बेल महत्वपूर्ण छन्। तर तपाई एउटा खेलाडीलाई म्यान टु म्यान गरेर रोक्न सकिन्न। पूरा टोलीलाई रोक्नु राम्रो हो। यसका लागि सबैले धेरै मिहिनेत गर्नुपर्छ।'

अन्तर्राष्ट्रिय फुटबलमा दुवै राष्ट्रले महान खेलाडी उत्पादन गरिरहेका छन्। दुवै टोलीका खेलाडीले महत्वपूर्ण व्यावसायिक प्रतियोगिता खेल्ने गरेका छन्। अन्तर्राष्ट्रिय नतिजाहेर्ने हो भने वेल्सले आयरल्यान्डलाई पछि पारेको छ। वेल्सले १५ खेल जित्दा आयरल्यान्डले सात खेलमात्र जितेको छ।

प्रकाशित: ११ असार २०७३ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App