coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एचआइभी रोकथामका लागि 'लिंकेज नेपाल' कार्यक्रम

काठमाडौं- एचआइभी रोकथाम र एड्सको प्रभाव घटाउन 'लिंकेज नेपाल' नामक नयाँ कार्यक्रम सञ्चालनमा आउने भएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा असोजको दोस्रो साताबाट उक्त कार्यक्रम सञ्चालनमा आउनेछन्।

एचआइभी रोकथाम, हेरचाह र उपचारका लागि नेपालमा युएसएआइडीकै सहयोगमा 'साथसाथ' कार्यक्रम सञ्चालन हुँदै आएको थियो। सन् २०११ देखि २०१६ सम्म चलेको उक्त कार्यक्रम समाप्त भएपछि लिंकेज नेपाल नामक नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो।

राजधानीमा आयोजित एक कार्यक्रममा युएसएआइडी नेपालका एक्टिङ मिसन डाइरेक्टर एमी टोहिल स्टलले पाँच वर्षे साथसाथ कार्यक्रमको समापन गर्दै लिंकेज नेपाल कार्यक्रम सुरु भएको जानकारी दिइन्। उनले नेपालको ३३ जिल्लाहरुमा ५ लाखभन्दा बढी लक्षित समुदायका ब्यक्तिहरुमा एचआइभीको रोकथाम गर्ने र एड्सको प्रभाव घटाउने तथा प्रजनन् स्वास्थ्यमा सुधार ल्याउने लक्ष्य हासिल गरेको बताइन्।

साथसाथ कार्यक्रमका प्रमुख सतिश पाण्डेले एड्स रहित पुस्ताको निर्माण गर्न नेपालले लिएको महत्वकांक्षी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए। उनका अनुसार युएसएआइडीले नेपालमा सन् १९९३ देखि हालसम्म १० करोडभन्दा बढी कन्डम वितरण गरिसकेको छ। एचआइभी र एड्स नियन्त्रणका कार्यक्रम सञ्चालन भएपछि नेपालमा सन् २००५ मा एचआइभी दर ०.३ प्रतिशत रहेकामा हाल घटेर ०.२ प्रतिशतमा आएको उनले बताए।

प्रकाशित: १३ आश्विन २०७३ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App