coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रेफ्री कुट्ने श्रीकुमारी क्लब दुई वर्ष प्रतिबन्धित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार ‘बी’ डिभिजनको क्लब श्रीकुमारी र त्यसका केही पदाधिकारीलाई २ वर्षे प्रतिबन्ध लगाएको छ। बिहीबार बसेको एन्फा अनुशासन कमिटीबैठकले श्रीकुमारी क्लब र पदाधिकारीलाई दुई वर्ष कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एन्फा स्रोतले जनाएको छ। यसका साथै क्लबलाई ५० हजार नगद जरिवाना गरिएको बताइएको छ। अनुशासन समितिको निर्णय शुक्रबारमात्र सार्वजनिक गर्ने बताइएको छ।

मंगलबार एन्फा मुख्यालयमा एनआरटीविरुद्धको खेल सकिएलगत्तै मैदान छिरेर श्रीकुमारीका पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका थिए। श्रीकुमारी २१ अंकसाथ तेस्रो स्थानमा छ।

अनुशासन कमिटीको निणयले उपाधि होडमा रहेको च्यासल युथ, एनआरटी र आरसिटीलाई फाइदा पुगेको छ।

'अनुशासन समितिले उक्त घटनाको पूरा भिडियो क्लिप हेरेर निर्णय गरेको हो।समितिले श्रीकुमारीका पदाधिकारी तथा केही समर्थकले खेलभावना विपरीत हुल्याहा व्यवहार देखाएको पाएपछि निर्णय गरेको छ,' एन्फा स्रोतले बिहीबार राति नागरिकसँग भन्यो, 'फिफाको सर्वमान्य नियम र एन्फाको प्रतियोगिता नियमावलीका आधारमा निर्णय गरिएको हो।'

श्रीकुमारीका अध्यक्ष नकुल हमाल ठकुरीले मंगलबारै एन्फाबाट जस्तो निर्णय आए पनि स्विकार्ने बताएका थिए।

प्रकाशित: १४ आश्विन २०७३ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App