७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

इस्लामाबाद- भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

शुक्रबार बोलाइएको बैठकमा काश्मिर क्षेत्रमा भैरहेको विवादबारे छलफल गरी आफ्नो सुरक्षा नीति बनाउने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्त्तीमा उल्लेख छ। 'भारतले दाबी गरिरहेको सर्जिकल स्ट्राइक्स झुटो हो। भारतले पाकिस्तानमाथि आक्रमाण गरेको भए पाकिस्तान चुप बस्दैनथ्यो। हामीले पनि कडा जवाफ दिन्थ्यौं,' विज्ञप्तीमा भनिएको छ। पाकिस्तानले यसलाई भारतको अत्याचार भएको जनाएको छ।

उक्त बैठकमा चारवटा प्रान्तका मुख्यमन्त्रीका साथै सुरक्षाका उच्च अधिकारी सहभागी हुने बताइएको छ। पाकिस्तानले आगामी बुधबार संसद् बैठकको समेत आह्वान गरेको छ।

 

प्रकाशित: १४ आश्विन २०७३ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App