८ वैशाख २०८१ शनिबार
राजनीति

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

संसदमा बोल्दै सांसद भण्डारी

काठमाडौं— भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

युद्धको बाटो होइन बुद्धको बाटोतर्फ लाग्नुपर्छ यसमा सार्क अध्यक्षको हैसियतले नेपालले वार्ताको पहल गर्नुपर्छ। सार्क अध्यक्ष  प्रधानमन्त्री जो हुनुहुन्छ उहाँसँग माग गर्दछु

महोत्तरीका कांग्रेस सांसद सीताराम भण्डारीले शुक्रबार संसदको बैठक बोल्दै सार्क अध्यक्ष राष्ट्रको हैसियतले नेपालले भारत-पाक शान्तिवार्ताको पहल गर्नुपर्ने माग गरे।

'भारत र पाकिस्तान परापूर्व कालदेखि हितैसी मित्र हुन्। उनीहरुबीच अहिले युद्धको अवस्था छ। युद्धको बाटो होइन बुद्धको बाटोतर्फ लाग्नुपर्छ यसमा सार्क अध्यक्षको हैसियतले नेपालले वार्ताको पहल गर्नुपर्छ। सार्क अध्यक्ष प्रधानमन्त्री जो पनि हुनुहुन्छ उहाँसँग माग गर्दछु', उनले भने।

बिहीबार राति भारतीय सेनाले पाकिस्तानी भूमिमा आक्रमण गर्दा दुई पाक सेना मारिएका थिए।

भिडियो

प्रकाशित: १४ आश्विन २०७३ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App