जुम्ला-शुक्रवार जुम्लाका पूर्व सांसद देविलाल थापाले पानकली पर्दामा हेर्दा निकै खुसी देखिन्थ्ये। कर्णालीको कथा व्यथा, धर्म सस्कृति, भेषभुषामा आधारित चलचित्र पानीकली जुम्लामा प्रदर्शन भईरहदा उनले पानकली कर्णालीको दुख पीडा विसाउने थलो बनेको अनुभव गरे।
यस्तै सस्कृति सम्वन्धी जानकार रमानन्द आचार्यले कर्णाली खस सभ्याता, भाषा र पहिचानको उपजका रुपमा व्याख्य गरे। समाजमा भएका राम्रा नराम्रा पक्षको शिलशिलेवार वखान गरिएको भन्दै खस चलचित्रको उज्वल भविष्य रहेकोमा जोड दिए।
पानकलीले यहाँको मौलिकता संरक्षणमा टेवा पुरयाउने दर्शकले विश्वास लिएका छन्। कर्णालीको रैथाने भाषा सस्कृति संरक्षण गर्नुका साथै यहाँको रहन सहन लाई जोगाउनका लागि यो चलचित्र निर्माण गरिएको निमार्ता खगेन्द्र न्यौपानेले जानकारी दिए। उनका अनुसार कर्णालीकै पहिरन, कर्णालीकै सन्दर्भ र कर्णालीकै सस्कृति संग आधार वनाएर चलचित्र निर्माण गरिएको हो। चलचित्रमा बाल विवाह, जारी प्रथा र बहुविवाह जस्ता कुरितीको चित्रण गर्दै त्यसको अन्त्यको लागि मार्ग दर्शन गरिएको छ।
प्रकाशित: १४ आश्विन २०७३ १०:२१ शुक्रबार