४ वैशाख २०८१ मंगलबार
समाज

मनसुन टिप्स

नेपालमा मनसुन भित्रिसकेको छ। दिनहुँजसो पानी पर्न थालेको छ। चाहे तपाईं आकाशबाट बर्सिने पानीलाई माया गर्नुस् वा घृणा, यसलाई बेवास्ता चाहिँ गर्न सक्नुहुन्न। अब छालाका जुत्ता प्याक गर्ने बेला भइसकेको छ। वाटरप्रुफ चप्पल, क्याप्रिज र रंगीचंगी छाता लिने बेला आइसकेको छ।

हामी जतिसुकै होसियार भए पनि कुनै न कुनै समयमा कार्यालय होस् वा जमघटमा सहभागी हुँदा होस्, कतै न कतै पानीको छिटा र उस्तै परे हिलो बोकेर पुग्छौं। सहरमा रहेका खाल्डामा जमेका पानी र जथाभावी हाँकिने गाडीले गर्दा हामी कुनै न कुनै रुपमा पीडित हुन्छौँ। तर यही कारण तपाईंको मनसुन तनावपूर्ण नहोस्।

तपाईंको घरमा पप कलर्स, प्रिन्ट गरिएका फेब्रिक्स र हल्का खालको चप्पल थप्नुहोस्। हल्का खालको चप्पल यो समयमा ट्रेन्डी मात्र हुँदैन, धुन पनि सजिलो हुन्छ।

मनसुनको समयमा धेरै मेकअप नगर्नुहोस्। चिल्लो धेरै भएको मेकअप गर्ने साधनहरुको प्रयोग नगर्नुहोस्। विज्ञहरुले मनसुनको समयमा सुत्नुअघि हरेक रात एस्ट्रिन्जेन्ट वा टोनर प्रयोग गर्न सुझाउँछन्।

छालाः तपाईंको छालालाई माइक्रोग्रानुलस भएको फोमी क्लिन्जर वा फेस वासको प्रयोग गरी सफा र स्वच्छ राख्नुहोस्। मनसुनको समयमा पर्ने पानीका कारण छालामा आर्द्रता बढ्ने भएकाले विज्ञहरु हरेक रात सुत्नुअघि एस्ट्रिन्जेन्ट वा टोनरको प्रयोग गर्न सल्लाह दिन्छन्। यदि अनुहारमा डन्डीफोर वा यस्तै कुुनै समस्या भएमा आइसको प्रयोग पनि गर्न सकिन्छ। आइस छालामा प्राकृतिक रुपमा चमक ल्याउनका लागि राम्रो साधन हो।

मेकअपः मनसुनको समयमा चिल्लो खालका मेकअप सामग्री र भारी मेकअप नगर्न विज्ञहरु सल्लाह दिन्छन्। यो मौसममा वाटरप्रुफ वा जेल वाला आइलाइनर प्रयोग गर्नुपर्छ। आर्द्रता बढ्दै गर्दा लिप ग्लसको दाग बस्न सक्छ र बग्न पनि सक्छ। त्यसैले, ग्लसभन्दा म्याट खालको रंग प्रयोग गर्नुहोस्। यो मौसममा मिनरलमा आधारित फाउन्डेसन र पानीमा आधारित उत्पादनहरु उत्तम हुन्छन्।

कपालः हावामा हुने आन्र्द्रताले तपाईंको कपालमा प्रतिकूल असर पार्न सक्छ। यदि तपाईंले आर्द्रताको कारणले तपाईंको कपालमा तेल लगाउनुभएको छैन भने, अव त्यसो गर्न रोक्नुहोस्। हल्का तेल र सेरुमले कपालमा हल्का मसाज गर्नाले सबै मौसममा तपाईंको कपाललाई आकर्षक राख्न सहयोग गर्छ। एन्टि–फ्रिज सेरुम र कपालसँग सम्बन्धित अन्य उत्पादनहरु तपाइको कपाललाई सुन्दर देखाउनका लागि उपयोगी हुन सक्छन्। तपाईंले तपाईंको कपाललाई मेसी पोनीटेल, फिस ब्रेड वा बलेरिना बन गरी बाँधेर राख्न सक्नुहुन्छ।

जुत्ता र झोलाः मनसुनको मौसममा लेदरको प्रयोग नगर्नुहोस्। क्यानभास झोलाको प्रयोग गर्नुहोस्। क्यानभास झोला भिज्यो भने पनि चाँडो सुक्छ। तपाईंको मनपर्ने लेदर जुत्ता वा चप्पलमा पनि यस्तै हुन्छ। यदि तपाईंले लेदरका ती जुत्ता वा चप्पललाई अलि लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने, वर्षाको मौसममा तिनीहरुलाई सुरक्षित रुपमा घरमै लक गर्नुहोस् र गम बुटको प्रयोग गर्नुहोस्। तिनीहरु विभिन्न खालको प्रिन्ट र रंगमा आउँछन् जसले झन स्टाइलिस देखाउँछ।

कपडाः वर्षाको मौसम तपाईंलाई तपाईंको कपडा सक्दो चाँडो सुकाउनुपर्ने मौसम हो। तपाईं यो समयमा भिजेको लुगा सक्दो चाँडो सुकोस् भन्ने चाहनुहुन्छ। हल्का र खुला खालको कपडा लगाउनुहोस्। यो मौसममा हुने अतिरिक्त आर्द्रताले गर्दा तपाईंले लगाउने कपडा तपाईंको शरीरमा टाँसिन सक्छ। यसले तपाईंलाई असहज महसुस गराउन सक्छ।

प्रकाशित: ११ असार २०७३ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App