coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

सिन्धुपाल्चोक- अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। पहिरोले दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार तिमल्सिना छन्। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

त्यस्तै बेपत्ता हुनेमा सम्झना तिमल्सिना र उद्वव तिमल्सिना छन्। बिहान साढे ३ बजेतिर राम्चे भीर ५० मिटर माथिबाट खसेको प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय बाह्रबिसेका राजु पाण्डेले जानकारि दिए। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: १५ आश्विन २०७३ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App