७ वैशाख २०८१ शुक्रबार
खेल

महावीर रेलिगेसनमा

काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार खुमलटार युथ क्लबसँग ४–२ ले पराजित भएपछि महावीर क्लब रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। एन्फा मुख्यालयमा भएको खेल जितेसँगै खुमलटार १५ अंकसहित सातौं स्थानमा उक्लिएको छ। एक खेल खेल्न बाँकी रहँदा महावीरले ४ अंकमात्र जोड्न सकेको छ। महाविरले अन्तिम खेलमा आरसिटीसँग प्रतिस्पर्धा गर्नेछ। आरसिटी ‘ए’ डिभिजनमा उक्लने होडमा छ। खुमलटारले आफ्नो अन्तिम खेल नयाँ वस्ती युथ क्लबसँग खेल्ने छ।

एन्फा मुख्यालयमै भएको पहिलो खेलमा नयाँ वस्तीले मध्यपुर युथ एसोसिएसनलाई  २–१ को नतिजा सुम्पियो। शुक्रबारको जितपछि मध्यपुरले रेलिगेसनको सम्भावना कम गरेको छ। मध्यपुरले अन्तिम खेलमा सामाजिक युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

सुरज राउतको गोलमा खुमलटारले सातौं मिनेटमा अग्रता लिएको थियो। सुरजले नै ३६ औं मिनेटमा अग्रता दोव्वर पारे। ४३ औं  मिनेटमा निरेश दुलालले अर्को गोल थपेपछि खुमलटारले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

विकेश गुरुङले ६३ औं मिनेटमा गरेको गोलबाट महावीरले अन्तर कम गर्ने प्रयास गरेको थियो। ८२ औं मिनेटमा सविर चौधरीले खुमलटारका लागि अर्को गोल थपे। उमेश थापाले इन्जुरी समयमा गोल गरे पनि महावीरलाई अंक दिलाउन सकेनन्।

मध्यपुर युथलाई निशान वस्नेतले चौथो मिनेतमा अग्रता दिलाएका थिए। नयाँ वस्तीका लागि २३ औं मिनेटमा मोहन गुरुङले बराबरी गोल फर्काए। भिषण गुरुङले ४० औं मिनेटमा गरेको गोल मध्यपुरको जितमा निर्णायक बन्यो।

प्रकाशित: १५ आश्विन २०७३ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App