७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले टहरो पुर्दा तीनको मृत्यु

भारी बर्षापछि आएको पहिरोले परिएकाे टहरो ।

सिन्धुपाल्चोक–   भारी बर्षापछि आएको पहिरोले टहरो परिँदा राम्चे–७ पूरानागाउँमा एकै परिवारका तीनको मृत्यु भएको छ ।
 प्रहरीका अनुसार शनिबार बिहान साढे दुई बजेतिर गाउँमाथिको राम्चे भिर खसेर टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमिल्सिना, उद्धव तिमिल्सिना र सम्झना तिमिल्सिनाको मृत्यु भएको हो । पहिरो पन्छाएर प्रहरीले उनीहरुको शब फेला पारेको थियो ।

पहिरोबाट चन्द्रकान्त तिमिल्सिना र कमला तिमिल्सिनालाई जिवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजु पाण्डेले बताए । पाण्डेका अनुसार उनीहरु घाइते छन् । घाइतेहरु ससुरा, बुहारी हुन् ।  घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचार भइरहेको छ । मृतक उद्धव, सम्झना श्रीमान्–श्रीमती र अर्का मृतक रामकुमार उनीहरुको दाजु हुन् ।

घटनाको जानकारीपछि बाह्रविसेबाट इन्पेक्टर पाण्डे नेतृत्वको प्रहरी टोली बिहान चार बजे घटनास्थल पुगेको थियो । एक शब तत्कालै फेला परे पनि अरु शब प्राप्त गर्न प्रहरीलाई झण्डै ६ घण्टा लागेको थियो । ५० मिटरमाथिबाट पहिरो खसेको इन्स्पेक्टर पाण्डेले बताए । गएराति यस क्षेत्रमा भिषण वर्षा भएको थियो । भूकम्पपछि तिमिल्सिना परिवार जस्ताको अस्थायी टहरो बस्दै आएको थियो ।

 

प्रकाशित: १५ आश्विन २०७३ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App