७ वैशाख २०८१ शुक्रबार
कला

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

इस्लामाबाद– भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी  र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

पाकिस्तानको राजधानी इस्लामाबाद, कराँची र लाहोर जस्ता ठूला सहरमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाइएको हो। पछिल्लो समयमा पाकिस्तानमा बलिउड चलचित्रको लोकप्रियता बढ्दो छ। पाकिस्तानी सिनेमा हल सम्बन्धी संगठनहरुले भारतले आफ्ना देशका कलाकारलाई प्रतिबन्ध लगाएको भन्दै त्यसको परिणाम स्वरुप भारतीय चलचित्रलाई प्रतिबन्ध लगाएको बताएका छन्।

उनीहरुले भनेका छन्, ‘अहिलेका लागि हामीले दुई हप्ताका लागि प्रतिबन्ध लागू गरेपनि हामीले भारत पाकिस्तान विवादको समाधान भएर वातावरण सामान्य नबन्दा सम्म भारतीय चलचित्रलाई प्रतिबन्ध लगाएका छौँ ।’

 

 

प्रकाशित: १५ आश्विन २०७३ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App