८ वैशाख २०८१ शनिबार
कला

शिव सेना सलमानमाथि खनियो

मुम्बई –पाकिस्तानी कलाकारको समर्थन गरेको भन्दै सलमान खानलाई भारत छोडर पाकिस्तान जान शिव सेनाले सल्लाह दिएको छ।
भारतीय निर्माताको संगठनले बिहीबार पाकिस्तानी कलाकारमाथि लगाएको प्रतिबन्धपछि सलमानले कलाकारिता र आतंकबादलाई एकै नजरले हेर्न नहुने प्रतिकृया दिएका थिए।

उनले भनेका थिए, ‘आतंकबाद र कलाकारिता फरक छ,पाकिस्तानी कलाकार भारतमा भिसा लिएर आउँछन्।’ शिव सेनाकी  प्रवक्त मनिसा कायन्दाले सलमानलाई पाकिस्तानको माया लाग्छ भने पाकिस्तान जान सुझाव दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

शिवसेनाका प्रवक्ताले भनिन्, ‘सलमानलार्ई पाकिस्तान र पाकिस्तानी कलाकारको माया लाग्छ र उनीहरुप्रति सम्मान छ भने भारत छाडेर पाकिस्तान गए हुन्छ, भारतमा क्षमतावान कलाकारको कमी छैन।’ उनले सलमानले उरी हमलमा मारिएका मानिसको सम्मान गर्न नसकेको समेत आरोप लगाइन्।

 

प्रकाशित: १५ आश्विन २०७३ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App