८ वैशाख २०८१ शनिबार
अर्थ

साताको नेप्से: चार अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको रु पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार बराबरका ७२ लाख ३९ हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा २१.२७ प्रतिशत कम रहेको स्टकले जनाएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२.७४ अङ्कले बढेर अन्तिम दिन एक हजार ७५३.३८ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२२ अङ्कले बढेर ३८०.२६ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ५३ करोड एक लाख २० हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङख्या पाँच लाख ११ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फन्ड एक अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस

 

प्रकाशित: १५ आश्विन २०७३ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App