coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजाकै हैसियतमा ज्ञानेन्द्रद्वारा पचली भैरवमा पूजा (फोटो/भिडियो)

काठमाडाैं-पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो।

देशमा राजा नभएपछि उक्त खड्ग कसले चढाउने भन्ने अन्योल रहेको अवस्थामा तीन वर्ष ढिलो गरी चढाइएको हो। शाहका प्रेस सल्लाहकार फणिराज पाठकले स्थानीय गुठियाररहरुको आग्रहमा शाहलाई राजाकै हैसियतमा खड्ग चढाउन अनुमति दिएको बताए।

'स्थानीय गुठियारले राजाकै हैसियतमा अामन्त्रण गरेपछि सरकार सहभागी हुनु भएको हो', नागरिकन्युजसँग उनले भने। पछिल्लो पटक वि.सं. २०५८ सालमा उक्त मन्दिरमा राजाको हैसियतमा ज्ञानेन्द्रले नै खड्ग चढाएका थिए।

दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य पूरा होस् भनी कामना गर्न पचली भैरवको विशेष पूजा गर्ने गरिन्छ। यो अवसरमा पचली भैरवमा जात्रा पनि निकाल्ने चलन समेत छ। मल्ल राजा गुणकामदेवको पालदेखि जात्रा निकाल्न थालिएको विश्वास गरिन्छ।

भिडियो

भिडियो तथा तस्बिर: प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App