१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्यारा नजिक प्रहरी

ताप्लेजुुङ–ताप्लेजुुङका व्यवसायी लालबहादुर खड्काको हत्या अनुसन्धान गरिरहेको प्रहरी टोली अन्तत घटनाको तथ्य नजिक पुगेको छ ।
हत्याका अभियुुक्त चाँडो पत्ता लगाउन जनदबाव झेलिरहेको प्रहरीले तथ्य नजिक पुुगेको संकेत गरेको हो। ‘घटनाको तथ्य नजिक पुुगेका छौं ’केही दिनपछि हामी यसको बिवरण सार्वजनिक गर्ने गर्ने तयारीमा छौं,’प्रहरी स्रोतले भन्यो।


 स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले यो घटनामा तीनजनाको संलग्नता देखाएको छ। ३ बाहेक अरु दोषी समेत भए÷नभएको अवस्था बारे थप अनुसन्धान जारी राखिएको प्रहरी स्रोतले बतायो । गएको जेठ २४ गते राती आफ्नै घर फुरुम्बुु गाविस– १ मा हत्या गरिएका खड्काको हत्या अभियुुक्त पत्ता लगाउन उनको परिवारजन सहित बिभिन्न पेशा व्यवसायीले प्रहरीलाई लामो समयदेखि दबाव दिइरहेका छन्। प्रहरी स्रोतका अनुसार केन्द्रीय अनुसन्धान व्युुरो (सिआईवी) र नेपाल प्रहरी ताप्लेजुुङको टोली १५ दिन लामो स्थलगत अध्ययन पछि तथ्य नजिक पुुगेको हो।

घटनाको पूर्ण बिवरण संकलन र सार्वजनिक एकसाथ गर्ने तयारी भएकोले यससँग संवन्धित सबै तथ्यहरु तत्कालै बाहिर ल्याउन नसकिने प्रहरी स्रोतले जानकारी दिएको छ । तीनबर्ष अघि छेदीलाल शाह हत्या प्रकरणका दोषी पत्ता लगाउन सक्षम भएको सिआईवी र नेपाल प्रहरीको टोलीनै यो घटनाका दोषी पत्ता लगाउन खटिएको छ। अलैंची र किराना सामाग्रीको थोक तथा खुद्रा दुुबै कारोवार गर्ने उनले पैसाकै कारण ज्यान गुमाउनुपरेको प्रहरीले औंल्याएको छ ।‘पैसाकै लागि उनको हत्या भएको जस्तो पाईएको छ’, प्रहरी स्रोतले भन्यो । व्यवसायी सहकर्मीको हत्या पछि स्तब्ध भएका यहाँका व्यवसायीको तर्फबाट ताप्लेजुुङ उद्योग बाणिज्य संघ, नेपाल अलैंची व्यवसायी संघ र नेपाल ट्याक्टर व्यवसायी संघले हत्याका अभियुुक्तको चाँडो पहिचान गरी दोषीलाई कानुनी दाहेरामा ल्याउन माग गर्दै आएका थिए ।

 

प्रकाशित: ११ असार २०७३ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App