७ वैशाख २०८१ शुक्रबार
कला

आलियाको नयाँ गीत

मुम्मई–बलिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ । गायनमा आलियालाई गायक दिलजीतले साथ दिएका छन् । ‘एक कुडी’ बोलको गीत उनीहरूले संयुक्त रूपमा रेकर्ड गराएका हुन् ।
यसअघि दिलजीतको स्वरमा सोही गीतलाई सार्वजनिक गरिएको थियो । गीतलाई दर्शकस्रोताले मन पनि पराएका थिए । सोही गीतको हिपहप संस्करणमा आलियाको पनि आवाज राखिएको हो । गीतलाई क्लब रिमिक्सका साथ पुनः रेकर्ड गरिएको समाचारमा जनाइएको छ ।

 

प्रकाशित: ११ असार २०७३ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App