coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

काठमाडौं-काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३० असनबाट प्रहरी हुँ भनी रकम ठगी गर्दै हिड्ने काभ्रे पनौती घर भएका राजन के.सीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३० खुल्लामञ्चस्थित बसपार्कमा कमिसन रकममा नयाँ नोट साटदै गरेको अवस्थामा जैसीदेवल बस्ने सिन्धुली पुजा–४ पुरानो झागझोलीका ३९ वर्षीय गमेस बस्याललाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १९ आश्विन २०७३ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App