८ वैशाख २०८१ शनिबार
समाज

मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई

काठमाडाैं-यसबर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७३’ संखुवासभा जिल्ला खा“दबारीस्थित गुरा“स एफएमका स्टेसन म्यानेजर गंगा विष्टलाई प्रदान गरिएको छ ।

समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको पहिलो बार्षिकीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा विष्टलाई सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पुरस्कार प्रदान गरेका हुन् ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोशिएसन (एसकाज) र मनराम प्रतिष्ठानको संयुक्त पहलमा यो पुरस्कार यसैबर्ष स्थापना भएको हो । पुरस्कारको राशी २५ हजार रुपैया छ । पुरस्कार संखुवासभासंग जोडिएर पत्रकारिता गर्ने पत्रकारहरुलाई प्रदान गरिने एसकाजले जनाएको छ ।

बिष्ट संखुवासभामा झण्डै २० बर्षदेखि पत्रकारितामा सक्रिय छन् । राजधानीको प्रज्ञाप्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै मन्त्री कार्कीले स्थानीय क्षेत्रमा काम गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान गर्नेगरी पुरस्कार स्थापना भएकोमा प्रशंसा गरे ।

यसबर्षको पुरस्कार छनौट गर्न बरिष्ठ पत्रकाहरु गोविन्द पोखरेल, जीवनाथ खनाल, राजन शर्मा र दीपेन्द्र वान्तवा सम्मिलित पुरस्कार छनौट समिति गठन गरिएको थियो ।

प्रकाशित: १९ आश्विन २०७३ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App