८ वैशाख २०८१ शनिबार
समाज

दशैँका लागि कमेरो माटो खोज्न जाँदा पुरिएर महिलाको मृत्यु

गाईघाट (उदयपुर)— दशैँका लागि कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उनलाई उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

चौधरीसँगै गएका साथीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको बेल्टार इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित: १९ आश्विन २०७३ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App