coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विष्टलाई पत्रकारिता पुरस्कार

काठमाडौं- यस वर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७३’ संखुवासभाको खा“दबारीस्थित गुरा“स एफएमका स्टेसन म्यानेजर गंगा विष्टलाई प्रदान गरिएको छ । समाजसेवी रामबहादुर श्रेष्ठको पहिलो वार्षिकीका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार विष्टलाई सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पुरस्कृत गरे । संखुवासभा–काठमाडौं जर्नलिस्ट एसोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानको संयुक्त पहलमा पुरस्कार यसै वर्ष स्थापना भएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । पुरस्कार संखुवासभासँग जोडिएर पत्रकारिता गर्ने पत्रकारमध्ये एक जनालाई प्रदान गरिने एसकाजले जनाएको छ ।

वरिष्ठ पत्रकार गोविन्द पोखरेल, जीवनाथ खनाल, राजन शर्मा र दीपेन्द्र वान्तवाको छनोट समितिले संखुवासभामा करिब २० वर्ष पत्रकारिता गरिरहेका विष्टलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । मन्त्री कार्कीले स्थानीय क्षेत्रमा काम गरिरहेका पत्रकारलाई हौसला दिन पुरस्कार स्थापना भएकोमा प्रशंसा गरे । 

कार्यक्रममा संखुवासभाका सांसद तारामान गुरुङ, दीपक खड्का, सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पुरस्कृत पत्रकार विष्ट, पुरस्कार छनोट समितिका जीवनाथ खनाल र मनराम प्रतिष्ठानका महासचिव राजन लम्सालले मन्तव्य राखेका थिए । 

प्रकाशित: २० आश्विन २०७३ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App