७ वैशाख २०८१ शुक्रबार
समाज

१० वर्षे बालकको शव फेला, हत्याको आशंका

 वीरगंज–दसैंको माहोलमा मानिसहरु रमाइरहेका बेला वीरगन्ज राधेमाई टोल बस्ने बिनोद पटेलका १० बर्षे छोरा राजनको हत्या भएपछि उनको परिवार शोका डुबेको छ। वीरगंज चिनी कारखाना आवास क्षेत्रपछाडि बिहीबार विहान राजनको शव फेला परेको छ।

पर्साको रामनगरी घर भएका पटेलको परिवार केही वर्षदेखि वीरगन्जको राधेमाईमा बस्दै आएको छ। बालक राजनको शवको प्रकृति हेरेर प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ। मृतक बालकका परिवारका अनुसार टोलकै राधेमाई मन्दिरमा लागेको मेला हेर्न बुधबार साँझ करिब ६ बजे गएका थिए। अबेर रातिसम्म घर नफर्केपछि परिवरकाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । बिहान चिनी मिल आवासक्षेत्र पछाडि स्थानीयले बालकको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। वडा प्रहरी कार्यलय श्रीपुरको टोलीले शवलाई परीक्षणकालागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएको छ।

शवको प्रकृति हेर्दा बालकको हत्या गरी फालिएको जस्तो देखिएको बताइएको छ। शवको टाउको, नाक र आखांमा गम्भीर चोटको निशान छ । बालकले मेलाबाट खरिद गरेका खेलौना शव नजिकै फेला परेको छ। रिसिइविका कारण बालकको हत्यागरी फालिएको हुन सक्ने अनुमान गरिएको छ। घटना बारे अनुसन्धान सुरु गरिएको पर्सा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । मृतक बालकको शरीरमा निलडम, चोटहरु र मुखबाट फिज निस्केको देखिएको र गम्भीरतापूर्वक अनुसन्धानको थालिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

 

प्रकाशित: २० आश्विन २०७३ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App