८ वैशाख २०८१ शनिबार
समाज

घरबाट हराएका चौधरी मृत फेला

कञ्चनपुर- घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ । घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको । 

छोरालाई विद्यालयबाट घर पु्रयाएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए । प्रहरीले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित: २३ आश्विन २०७३ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App