८ वैशाख २०८१ शनिबार
प्रविधि

के तपाईको स्मार्टफोन तात्छ ?

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।


जीपीएस लामो समय अन गर्दा वा ब्लुटुथ स्पिकर अन हुँदा पनि फोन तात्ने समस्याले प्रयोगकर्ता हैरान हुने गर्छन्।

धेरै समय गेम खेल्दा र हाइ रेज्युलेसन फोटो लिँदा पनि स्मार्टफोन तातो हुने गर्छ। भाइरसका कारण फोन तात्नु कुनै नौलो कुरा भएन।

'इन्सटलेसन फ्रम अननोअन सोर्सेज' को बन्द गर्दा पनि केहि समस्या हल हुन सक्छ। ब्याट्रि र चार्जिङ केबलमा समस्या छ कि त्यो पहिल्याउने तर्फ पनि लाग्नुहोस्। पुरानो स्मार्टफोनको ब्याट्रिमा ध्यान दिँदै राम्रोसँग चार्ज गरेर प्रोयोग गरेर हेर्नु पर्छ।

वाई-फाई डाटाको प्रयोग गर्दा हामी त्यति ध्यान दिँदैनौ। कहिले काँहि पुरानो स्मार्टफोन वाई-फाई डाटाले पनि तातो बनाउने गर्छ। ब्याकराउन्डमा चल्ने एपका कारण पनि एन्ड्रोइड फोनमा समस्या आउने गर्छ। यस तर्फ पनि प्रयोगकर्ता सचेत हुनु पर्छ।

नयाँ स्मार्टफोनमा यस्तो समस्या दैखिँदैन। तर धेरै समय सम्म स्मार्टफोनको प्रोसेसरले काम गर्छ भने फोन तात्नु आम कुरा भयो।

प्रकाशित: ७ वैशाख २०७३ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App