४ वैशाख २०८१ मंगलबार
प्रवास

युएईमा यसरी मनाइयो दसैं

 युएई -  हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि  नेपालीहरुले मनाएका छन।

रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्। आफ्नो संस्कार संस्कृतिलाई जोगाई राख्न नेपालीहरुले युएईमा   चाडपर्वहरु मनाउदै आईरहेका छन्।

 विगतका बर्षहरुमा कार्यक्रमहरु गरी दशै मनाए पनि यो बर्ष  दशै विषेश कार्यक्रमहरु भने युएईमा हुन सकेन। हिमालयन रेष्टुरेन्ट वार दुवैले सबै नेपालीहरुलाई निमन्त्रणा गरी सामूहीक रुपमा टीका लगाएको छ ।

दसैंको दिन युएईमा सार्वजनिक बिदा नभएका कारण अधिकांश नेपालीहरुले भने टीका लगाउन नपाएको बताएका छन । यहाँको सार्वजनिक विदा शुक्रबार हुन्छ त्यसैले अहिले दसैं मनाउन नपाएको नेपाली जन सम्पर्क समितिका अध्यक्ष चित्र केसीले नागरीकलाई बताए।

 

 

प्रकाशित: २६ आश्विन २०७३ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App