coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीका उपमुख्यमन्त्री पक्राउ

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ। सिसोदियाको नेतृत्वमा आम आदमी पार्टीका ५० भन्दा बढी विद्यायक प्रधानमन्त्री निवासमा गिरफ्तारि दिन हिडेका थिए। उनीहरुलाई प्रहरीले बाटोबाट नै पक्राउ गरेको थियो।
सबै विद्यायकलाई धारा १४४ तोडेको आरोपमा पक्राउ गरिएको बताइएको छ। प्रहरीले उनीहरुलाई पहिले तुगलक रोड नजिक रोकेको थियो त्यस पछि पार्लियमेन्ट स्ट्रिट चौकीमा लगेको थियो।
आइतबार बिहान मनीष सिसोदियाले ट्विट गर्दै 'मोदी जी तपाईको हमेसा दुश्मनी छ, हामीलाई गरिफ्तार गर्नुहोस् दिल्लीको काम नरोक्नुहोस्...हामी तपाई समक्ष सरेन्डर गर्न आउँदैछौं।'

 

प्रकाशित: १२ असार २०७३ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App