coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मासुमा पूर्वाञ्चल आत्मनिर्भर

विराटनगर- मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको छ। पूर्वका जिल्लाहरूमा व्यवसायीक पशु,पंछीपालन गर्नेक्रम बढेस सँगै मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको हो।

                क्षेत्रीय पशुसेवा निर्देशनालयका अनुसार राष्ट्रिय मापदण्ड प्रतिव्यक्ती प्रतिबर्ष १४ किलो रहेकोमा  पूर्वाञ्चलमा प्रतिबर्ष प्रतिव्यक्ती १९ किलो मासु उपलब्ध हुन थालेको छ। निर्देशनालयका अनुसार आर्थिक बर्ष ०७२/७३मा पूर्वाञ्चलमा ११ करोड ४७ लाख ६९ हजार ६ सय २१ केजी मासु उत्पादन भएको छ। गतबर्ष पूर्वाञ्चलमा १० करोड ९९ लाख २४ हजार किलो मासु उत्पादन भएको थियो । पूर्वाञ्चलमा बार्षिक ४.२ प्रतिशतका दरले मासु उत्पादनमा बृद्धि हुने गरेको निर्देशनालयका पशुविकास अधिकृत कुमार सग्रौलाले जानकारी दिए। निर्देशनालयको तथ्याङक अनुसार पूर्वाञ्चलमा सबै भन्दा बढी मोरङ,उदयपुर र झापामा मासु उत्पादन हुने गरेको छ । मोरङमा आर्थिक बर्ष ०७२/७३मा २३ हजार ७ सय ८१.४९ मेट्रीकटन मासु उत्पादन भएको छ । यस्तै उदयपुरमा २१ हजार ३ सय ९५,झापामा १४ हजार ३ सय ५७  मेट्रीकटन मासु उत्पादन भएको छ । पूर्वाञ्चलमा सबै भन्दा कम मासु धनकुटामा उत्पादन हुने गरेको छ। धनकुटामा  गत बर्ष १ हजार ४२ मेट्रीकटन मासु उत्पादन भएको छ । यस्तै संखुवासभामा १२ हजार १ सय ८१ , सुनसरीमा १० हजार १ सय १२.६३,सिरहामा १० हजार ३ सय ९६.५,इलाममा ९ हजार ५ सय ८६.५,ताप्लेजुङमा २ हजार ५ सय १२ पाँचथरमा ६ हजार १६ मेट्रीकटन मासु उत्पादन भएको छ। तेह्रथुममा १ हजार २ सय ३६ मेट्रीकटन,भोजपुरमा २ हजार ६ सय ९६,सोलुखुम्बुमा २ हजार ६ सय ९५.८२, ओखलढुङगामा ३ हजार ५ सय ३८.३६,खोटाङमा ३ हजार ४ सय ६५ र सप्तरीमा ९ हजार ४ सय ५३ मेट्रीकटन मासु उत्पादन भएको छ । पूर्वाञ्चलमा सबै भन्दा बढी राँगाको मासु उत्पादन हुने गरेको छ। आर्थिक बर्ष ०७२/७३मा पूर्वाञ्चलमा २९ हजार ६ सय ५ मेट्रीकटन राँगाको मासु उत्पादन भएको छ। कुखुराको २६ हजार ३ सय १६, खसीको २५ हजार ९ सय १, वंगुरको २३ हजार ९८, हाँसको १६ हजार ५ सय १९.९४ मेट्रीकटन मासु उत्पादन भएको छ । आर्थिक बर्ष ०७१/७२को तुलनामा ०७२/७३मा पूर्वाञ्चलमा हाँस पालन निक्कै फस्टाएको पाइएको छ। अघिल्लो बर्ष ४ सय ९७ मेट्रीकटन मात्रै उत्पादन भएको हाँसको मासु आर्थिक बर्ष ०७२/७३मा ह्रवात्तै बढेर साँढे १६ हजार मेट्रीकटन पुगेको छ । मोरङमा सबै भन्दा बढी हाँस पालन हुने गरेको निर्देशनालयको तथ्याङकमा उल्लेख छ । तथ्याङक अनुसार  मोरङमा मात्रै आर्थिक बर्ष ०७२/७३मा  १६ हजार १ सय ८७ मेट्रीकटन हाँसको मासु उत्पादन भएको छ । मोरङ पछि झापामा २ सय ८८ मेट्रीकटन हाँसको मासु उत्पादन भएको छ । पूर्वका अन्य जिल्लामा भने न्यून मात्रामा हाँसको मासु उत्पादन हुनेगरेको छ।

प्रकाशित: २ कार्तिक २०७३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App