७ वैशाख २०८१ शुक्रबार
खेल

युनाइटेडको संगठित प्रदर्शनमा रोकियो लिभरपुल

लिभरपुल (एएफपी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सोमबार इङ्लिस प्रिमियर लिगको खेलमा गोलरहित बराबरी नतिजा निकालेपछि आफ्नो टोलीले लिभरपुलका कमजोरी उदाङ्गो पारेको दावी गरेका छन्।

योर्गान क्लोपको उच्च अपेक्षित टोली सोमबार घरेलु एनफिल्ड मैदानमा सबैखाले प्रतियोगितामा गरी लगातार छैटौं जित हासिल गर्ने उद्देश्यसाथ उत्रिएको थियो । सोमबारको खेलमा जित हासिल गर्न सकेको भए क्लोपको लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलसँग अंक बराबरी गर्ने थियो । तर युनाइटेडको संगठित प्रदर्शनका कारण लिभरपुल पूरा खेलमा थोरैमात्र अवसर सिर्जना गर्न सफल भयो । दोस्रो हाफमा इम्रे क्यान र फिलिप कौटिन्होका दुई खतरनाक प्रहार जोगाउनु बाहेक भ्रमणकारी टोलीका गोलकिपर डेविड डी जियाले खेलमा खासै संघर्ष गर्नुपरेन ।

‘हाम्रो गोलकिपर पूरा ९० मिनेटसम्म बिदामा थिए, तर उनले दुईपटक खतरनाक अवस्थाबाट टिमलाई जोगाउनुप¥यो, जुन उनले सहजै गरे,’ बराबरीले अंकतालिकाको सातौं स्थानमा यथावत राखेको युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘हामीले बल नियन्त्रणमा लिएपछि पूरा टिम अत्यन्तै खतरनाक देखिएको थियो । तथापि हामीले पनि धेरै अवसर सिर्जना गर्न चाहिँ सकेनौं । हामीले दुईवटा राम्रा अवसर सिर्जना गरेका थियौं, त्यसमा लिभरपुलले राम्रो बचाउ ग¥यो । लिभरपुल पक्कै पनि एउटा राम्रो टोली हो, त्यसैले हामीले उनीहरूसँगको खेलमा सहज रुपमा खेल्न सकेनौं । तर सञ्चारमाध्यमले देखेजस्तो उनीहरू विश्वकै आश्चर्यजनक टिम होइनन् ।’

प्रिमियर लिगको आधिकारिक तथ्यांकअनुसार युनाइटेडले सोमबारको खेलमा ३५ प्रतिशतमात्र बल पोसेसन राख्न सकेको थियो । २००३–०४ को सिजनबाट यस्तो तथ्यांक राख्न थालिएपछि युनाइटेडको यो अहिलेसम्मकै लिगमा सबैभन्दा कमजोर बल पोसेसन हो । तर आफ्नो भनाइ राखिसकेर पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा माउरिन्होले प्रिमियर लिगको आधिकारिक तथ्यांकमा प्रश्न गरे । ढोकामा पुगिसकेपछि क्लबको तथ्यांक उद्धृत गर्दै उनले भने, ‘मेरा मानिसहरूले पनि तथ्य राखेका छन् । त्यहाँ ४२ प्रतिसत देखिन्छ, ३५ होइन । हामीले उनीहरूभन्दा राम्रा मानिसहरूलाई तथ्यांकको काम लगाएका छौं । उनीहरूको यस्तो तथ्यांक देख्दा मलाई अचम्म लागेको छ ।’

माउरिन्होले खेलमा तथ्यांकको धेरै अर्थ नहुने बताउँदै यसअघि नै अघिल्लो सिजन लुइस भान हालको नेतृत्वमा युनाइटेडले कमजोर प्रदर्शनका बावजुद एनफिल्डमा युनाइटेडमाथि १–० को जित निकालेको प्रसंग कोट्याएका थिए । ‘गत सिजनमा युनाइटेडले यहाँ आएर जितेको थियो । लिभरपुलले १४ पटक पोस्टमा प्रहार गर्दा युनाइटेडले एकपटक मात्र गर्न सकेको थियो,’ पत्रकारसँग उनले भने, ‘आज लिभरपुलले हाम्रो पोस्टमा कतिपटक प्रहार ग¥यो त ? उनीहरुले दुई पटक प्रहार गरेका थिए । ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर दुई पटकमात्र पोस्टमा प्रहार गर्न सक्नु ठिक हो त ? तपाईहरू लिभरपुलप्रति आलोचनात्मक हुनुपर्छ । यो उनीहरूको समस्या हो, हाम्रो होइन ।’

माउरिन्होले लिभरपुलको स्वाभाविक गति रोक्न पूरा रक्षात्मक रणनीति अख्तियार गर्ने क्रममा मार्कुस रसफोर्ड र एस्ले योङ जस्ता खेलाडीलाई डिपमा राखेर खेलाएका थिए । जसले गर्दा युनाइटेडको रक्षापंक्ति ६ खेलाडीबाट पर्खालजस्तै बनेको थियो ।

लिभरपुलका प्रशिक्षक क्लोपले युनाइटेडको रक्षात्मक खेलबाट आफ्ना खेलाडीले धैर्य गुमाएको प्रतिक्रिया दिए । ‘हामीले खेल सुरु हुनेबित्तिकैदेखि धैर्य गुमायौं । जसका कारण खेलमा हाम्रो पासहरू राम्रो हुन सकेन। हामीले ६५ प्रतिशत बल पोसेसन राखेपछि यो भन्दा राम्रो गर्न सक्नुपथ्र्यो । मैले १० वा १५ अवसरको कुरा गरेको होइन । दोस्रो हाफमा हामीले केही मौका पाएका थियौं, तर डी जियाले उत्कृष्ट बचाउ गरे,’ क्लोपले भने, ‘उनीहरूका लागि पनि ज्लाटान इब्राहिमोभिचले राम्रो मौका पाएका थिए । तर आज हाम्रा लागि सबैभन्दा महŒवपूर्ण कुरा एक अंक लिनु र गोल नखानुमा रह्यो । उनीहरूले सबैखाले प्रयास गरेका थिए, तर हामीले सफल हुन दिएनौं । हामी धेरै राम्रो गर्न सक्छौं र गर्ने छौं पनि।’

प्रकाशित: ३ कार्तिक २०७३ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App