४ वैशाख २०८१ मंगलबार
अर्थ

पर्सामा १९ करोड लगानीमा ह्याचरी

वीरगन्ज-पर्साको हरपुरमा स्थापीत फर्म र वीरगन्ज अलौंस्थित ह्याचरीमार्फत यतिखेर शिवम् ह्याचरी एण्ड फिड प्रालिले यतिखे हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ। तराईमा कुखुरा उत्पादनमा आफ्नो किसिमको ठूलो मानिएको यो योजना एक बर्षभित्र पूर्ण आकारमा संचालनमा आएदेखी यसबाट हप्ताको डेढ लाख वटासम्म चल्ला उत्पादन गर्ने लक्ष्य लिएको संचालकहरुले बताए।
    ‘अहिले भई रहेको उत्पादन लक्ष्यको करिब ३५ प्रतिशत हो, हामीले एक बर्षभित्र यसलाई पूर्ण क्षमतामा संचालनमा ल्याउने तयारीमा छौं, त्यतिखेर हप्तामा डेढ लाखसम्म चल्ला कुखुरापाल्ने किसानहरुलाई हामीले उत्पादन गरेर दिन सक्ने छौं,’ यसका निर्देशक रिजवान अहमदले भने, ‘अन्तिम चरणको थोरै काममात्र अब बाकी छ, ८० प्रतिशतभन्दा बढी काम सकिसकेको छ ।’ उनका अनुसार अहिलेसम्म १८ करोड रुपैयाँ लागत भइसकेको योजनामा करिब १९ करोड लगानी पुग्ने अनुमान छ।
    नेपाल कै चिवतनपछि सबभन्दा बढी कुखुरा फर्म भएको दोस्रो जिल्ला पर्सा, र नजिकका बारा र रौतहटका किसानहरुलाई अहिले कुखुरा बेंच्दै आएको शिवम् ह्याचरीले देशै भरी माग अनुसार चल्ला आपुर्ती गर्ने लक्ष्य बनाएको छ। वीरगन्जका उद्यमीहरु शिवजी कलवार र शरीफ अहमद संचालक रहेको यो योजना नबिल बैंकले लगानी जुटाई दिएपछि साकार हुन सकेको रिजवानले बताए । हरपुर –९ माकरिब १५ बिगहा जग्गामा संचालिक कुखुरा फर्मका ५० हजार पोथी माउ कुखुरा राख्ने क्षमताको बनाईदै छ। संरचनाहरु करिब ९० प्रतिशत तयार भए पनि अहिले आधाभन्दा पनि कमलाई उत्पपादनमा प्रयोगमा ल्याईएको छ।
बाकीलाई पनि तुरुन्तै संचालनमा ल्याउने गरी काम द्रुतरुपमा बढीको गत साउनदेखी संचालनमा आएको फर्मका म्यानेजर दिपेन्द्र यादवले बताए । उत्पादन सुरु भएदेखी लागातार ६ महिना मधेश बन्दको मारमा परे पनि योजनाले अहिले गति लिन थालेको यहाँका कर्मचारी बताउँछन्।
अहिले थाइल्याण्ड, मलेशिशया, श्रीलंका लगायत ठाउँबबाट माउ कुखुरा आयात गर्ने गरेको रिजवानले जनाए। ‘५० हजार माउ कुखुरा राखिएपछि यहाँबाट दैनिक लगभग २५ देखी ३० हजार अण्डा निस्किने छ, यसलाई अलौंस्थित ह्याचरीमा पुर्याएपछि चल्ला निस्किने हो,’ उनले भने, ‘२१ दिनपछि अण्डाबाट चल्ला निस्किन्छ, करिब ८० प्रतिशत अण्डा सफल हुन्छ, यसरी हप्ताको डेढ लाखसम्म चल्ला निस्किने हो ।’ अहिले ३५ प्रतिशत करिब उत्पादन भइरहेको उनले बताए । हरपुरस्थित फर्मभित्रै कुखुराको दाना बनाउने आफ्नै उद्योग पनि छ । प्राविधिकहरुको सल्लाह अनुसार आवश्यक पर्ने किसिमको दाना दैनिक रुपमा फर्मले आफै उत्पादन गर्ने गरेको छ।
    फर्मभित्र र ह्याचरीमा गरी अहिले ६० जनाले रोजगारी गर्न पाएका छन् । पुर्ण आकारमा योजना संचालनमा आए यहाँ करिब सय जनाले रोजगारी पाउने उनको दावी छ। भारतबाट अबैध रुपमा भित्रिने चल्ला आफुहरुको लागि सबभन्दा बढी चुनौति रहेको उनको भनाई छ। आफुहरुले चल्लाको बिमा गरेर दिने गरेको र सरकारले स्वदेशी चल्ला मात्र पालन गर्न भन्ने गरेको कुरा किसानले बुझि दिए सजिलो हुने उनले बताए।

 

प्रकाशित: १२ असार २०७३ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App