coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई ‘आतंकवादको जननी’ भएको भन्दै लगाएको आरोपप्रति चीनले कडा आपत्ति जनाएको छ। चीनले पाकिस्तानको बचाउ गर्दै कुनै  पनि मुलुक र धर्मलाई आतंकवादसँग जोड्ने कार्यको विरोधमा आफूलाई उभ्याएको छ।  साथै चीनले अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्ताको महान बलिदानलाई स्वीकार गर्न आह्वानसमेत गरेको छ।

पाकिस्तानको बचाउ गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले आतंकवादलाई बढावा दिने देश र संगठन विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने बताइन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गोवामा सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पाकिस्तानलाई ‘आतंकवादको जननी’ भएको आरोप लगाएका थिए। सो आरोपप्रति कडा प्रतिक्रिया दिँदै चिनियाँ विदेशी मन्त्रालयकी प्रवक्ता हुआले भनिन्, ‘आतंकवाद विरुद्ध लड्ने क्रममा पाकिस्तानले गरेको महान बलिदानलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नुपर्छ।’

चीनले पाकिस्तानलाई आफ्नो नजिकको मित्र भएकोसमेत बताएको छ। ‘चीन र पाकिस्तान निकै राम्रा साथी हुन्,’ प्रवक्ता हुआले भनेकी छन्,‘ भारत र पाकिस्तान दुवै आतंकवादबाट पीडित छन्। आतंकवादीसँग लड्न पाकिस्तानले धेरै बलिदानी गरेको छ। यो कुरालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नुपर्छ।’

 

प्रकाशित: ३ कार्तिक २०७३ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App