७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनले प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्टेशनमा

बेइजिङ–चीनले गत सोमबार प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्ेटशनमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले सोमबार दुई अन्तरिक्षयात्रीसहित स्पेसमा पठाएको सिन्जो ११ नामक अन्तरिक्षयान तियानगोङ स्पेस स्ेटशनमा सफलतापूर्वक अवतरण गरेको हो । 

चिनियाँ संचार माध्यमले भनेका छन्, ‘सोमबार उत्तरी सहर ज्युकबान स्याटेलाइट परिक्षण केन्द्रबाट मानवसहित परिक्षणकालागि तियानगोङ स्पेस स्ेटशनमा पठाएको सिन्जो ११ नामक अन्तरिक्षयान मंगलबार स्थानीय समय अनुसार १९ः २४ मा सो स्टेशनमा सफलतापुर्वक अवतरण गरेको हो।’

चिनियाँ अन्तरिक्ष यात्री  जिङ हाइपिङ र चेन डोङले त्यहाँ ३० दिन बिताउने छन्। उनीहरुले त्यहाँ रहेर चन्द्रमा र मंगल ग्रहमा मानव सम्भाव्यताको अध्ययन तथा अनुसन्धान गर्ने बताइएको छ । उनीहरुले हाल सिन्जो ११ पृथ्वीको सतह भन्दा ३ सय ९३ किमि माथि रहेको उल्लेख गरेका छन्।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App